परासी । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको विभत्स हत्या भएको छ।
प्रतापपुर गाउँपालिका वडा नं ८ मजुवा मर्चहवा बस्ने ५३ वर्षीय साधु भनेर चिनिने तीलकराज भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको हो ।
प्रतापपुर गाउँपालिका कै बैरियामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ ।
भेडिहार दम्पतीको कसले हत्या गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले जनाएको छ।












