नवलपरासीमा एक दम्पतीको विभत्स हत्या

परासी । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको विभत्स हत्या भएको छ।

प्रतापपुर गाउँपालिका वडा नं ८ मजुवा मर्चहवा बस्ने ५३ वर्षीय साधु भनेर चिनिने तीलकराज भेडिहार  र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको हो ।

प्रतापपुर गाउँपालिका कै बैरियामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ ।

भेडिहार दम्पतीको कसले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले जनाएको छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?