प्यूठान : कुटपिटको विरोधमा कर्मचारी आन्दोलित, दोषीलाई कारबाही गर्न माग

प्यूठान । प्यूठानको सबै स्थानिय तहका कर्मचारीहरु आन्दोलित भएका छन्।

झिमरुक गाउँपालिकाका कर्मचारी दीपक जीसीमाथि भएको कुटपिटको विरोधमा कर्मचारीहरु आन्दोलित भएका हुन् । विहिवार जिल्लाका सबै प्रमुख प्रशासकीय अधिकृतहरुको संयूक्त बैठकले आन्दोलनमा एक्यवद्धता जनाउने निर्णय भएको हो ।

सोही निर्णय अनुसार शुक्रवार ऐरावती गाउँपालिकामा कार्यरत सवै कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । झिमरुक गाउँपालिकाका कर्मचारीहरुले बुधवारदेखि अत्यावश्यक बाहेकका सबै काम बन्द गरेका छन् भने जिल्लाका कर्मचारी संगठन, अन्य पालिकाका कर्मचारीहरुले दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

जेठ २४ गते दिँउसो कार्यकक्षमा नै पुगेर योजना तथा तथ्यांक शाखाका कर्मचारी दीपक जीसीमाथि गाउँपालिका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीसहित तीन जनाले कुटपिट गरेको कर्मचारीको आरोप छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?