मन्त्रालयमा सम्बोधन गरि नसक्नु योजनाको चाङ छ : सचिव कवारी

दाङ । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव लालबाबू कवारीले मन्त्रालयमा एक हजार बढी योजना मागको चाङ भएको बताएका छन् ।

बुधबार दाङको लमहीमा आयोजित सुशासनका लागि साक्षात्कार कार्यक्रममा बोल्दै सचिव कवारीले यस्तो बताएका हुन् । उनले भने, “बजेट निर्माणको समय मन्त्रालयमा सांसद देखि वडा अध्यक्षसम्मको लाइन छ । मेरो मन्त्रालयमा १ हजार भन्दाबढी योजना मागको चाङ छ, यो सबै सम्बोधन हुन गाह्रो छ, अनि जनता रिसाउछन्, सुशासनको अनुभूति कम गर्छन ।”

सचिव कवारीले ब्यथिती रहित शासन ब्यवस्था ल्याउनु पर्छ भन्ने उदेश्यले सुशासनको अवधारणा आएको बताउदै तिनै तहका सरकार जनमुखी नभइ सुशासन कायम हुन नसक्नेमा जोड दिए । उनले सुशासन महशुस गर्ने कुरा भएको बताउदै सुशासन कायम गर्न सबै निकाय जिम्मेवार हुन जरुरी रहेको बताए ।

जनता नै सर्वोपरि हुन भन्ने हेक्का राखेर इमान्दारीताका साथ काम गर्न सके सुशासन कायम गर्न सहज हुने उनले बताए । प्रदेश सरकारमा पनि बेथिति बढेको भन्दै सबै आफ्नो काम र कर्तव्यप्रति जिम्मेवार तथा उत्तरदायी हुन आवश्यक रहेको उनको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?