विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा ओमानसँग भिड्दै नेपाल

आईसीसी एकदिवसीय विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार ओमानसँग खेल्दै छ।

पहिलो अभ्यास खेलमा युएईसँग पराजित नेपाल आज जितसहित मनोबल उठाउने तयारीमा हुनेछ। जिम्बावे भ्रमण अघि नेपालले अभ्यासका लागि दक्षिण अफ्रिका भ्रमण गरेको थियो। जहाँ नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई नतिजा सुम्पिएको थियो। नेपाली टिम त्यतैबाट हरारे पुगेको हो।

जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युएई, अमेरिका र वेस्ट इन्डिज गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले जुन १८ मा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुन २० मा अमेरिका २२ जुन मा वेस्ट इन्डिज र २४ जुन मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा  श्रीलंका, आयरल्यान्ड,स्कटल्यान्ड, ओमान र युएई छन्।

समूह चरणमा हरेक टिमले चार खेल खेल्नेछन्। प्रत्येक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?