अर्घाखाँची : यौन तथा प्रजनन स्वास्थ्यबारे सिक्दै गाउँ–गाउँका महिला

गत वर्षमा ७२४ जनाले सुरक्षित गर्भपतन गराए

भावना मगर,
अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ३ की बालकुमारी राक्सेले जन्माउने र हुर्काउने क्रममा आफ्ना १ छोरा र ३ छोरी गुमाइन् । तर, त्यस समयमा उनले आफ्ना सन्तान गुमाउँदा आफ्नो भाग्यलाई मात्रै दोष दिइन् । स्वास्थ्यमा ख्याल नगर्दा सन्तान गुमाएको हेक्का नै पाइनन् । अहिले बल्ल ७० वर्षिया राक्सेले आफ्ना सन्तान रेखदेख र स्वास्थ्य परिक्षण अभावमा गुमाएको बुझेकी छन् । उनले भनिन, “उमेर नपुगी बिहे भयो तर बिहे गरेको २ वर्षमै बच्चा जन्माएँ, त्यो बच्चा बाचेन त्यसपछि केहि वर्षको अन्तरालमा बच्चाहरु जन्माए ति बच्चाहरु पनि बाचेनन् मैले भाग्यलाई दोष दिँदै बसेँ । उ बेला गाउँघरमा गर्भवती र सुत्केरी महिला र तिनका शिशुलाई उचित ज्ञान तथा स्वास्थ्य सम्बन्धी कुनै प्रकारको सचेतना थिएन । यसैले म पनि त्यस्तै भएं ।” पाका पुस्ताहरुले पनि त्यो समयमा उपचार गराउन स्वास्थ्य चौकी जानु भन्दा धामीझाक्री र झारफुकमा विश्वास गर्ने प्रचलन थियो । त्यही कारण सन्तान बिरामी हुदा धामीझाक्री गरेपनि बचाउन नसकेको राक्सेले बताइन् ।

तर अहिले तिनै वृद्ध राक्से आफ्ना छोरीबुहारी र गाउँका महिलाहरुलाई गर्भवती र सुत्केरी अवस्थामा पटक पटक स्वास्थ्यसंस्थामा उपचारका लागि जान सल्लाह दिन्छिन् । इच्छा विना गर्भ बसे सुरक्षित गर्भपतन गर्न सकिने बताउछिन् । गर्भवती अवस्थामा, सुत्केरी अवस्थामा महिलाहरुले खानुपर्ने पोषिला खाना र आरामका लागि पनि उनी सघाउछिन् । “हामी उबेला स्वास्थ्य जाँच गराउनु पर्छ भन्ने जानकारी नहँुदा समस्यामा परियो । अहिले सुबिधा छ । त्यसैले प्रजननसम्बन्धी जे समस्या परेपनि छोरीबुहारी र गाउँका महिलालाई स्वास्थ्यचौकीमा जान सल्लाह दिने गरेकी हुँ ” उनले भनिन् ।

बालकुमारी एउटा उदाहरण पात्र मात्र हुन्, यस्ता लाखौं महिलाहरु छन् जसले रुढीवादी सोंच र प्रजनन स्वास्थ्यका बारेमा ज्ञान नपाउँदा ज्यानको जोखिमसंगै बिभिन्न स्वास्थ्य समस्या झेले । तर अहिले भने बंदलिदो समयसंगै जिल्लाका धेरै महिला तथा किशोरीहरु यसतर्फ सचेत हुन थालेका छन् ।

अर्घाखाँची जिल्लामा पछिल्लो समय आईपास नेपालले बिभिन्न साझेदार संस्थासंग सहकार्य गरी सामुदायीक अगुवा बनाएर महिला तथा किशोरीहरुलाई परिवार नियोजन यौन तथा प्रजनन स्वास्थ्य अधिकार र तथा सुरक्षित गर्भपतनका बारेमा सचेतना कार्यक्रम गरेको छ । यसले गर्दा महिलाहरुमा सकारात्मक प्रभाव परेको संस्थाका कार्यक्रम अधिकृत आदर्श अधिकारी बताउछन् । त्यसमध्येकी एक हुन्, सन्धिखर्क बस्दै आएकी सुबिना भाट ।

उनले बिहे भएपछि पनि पढाईलाई निरन्तरता दिईरहेकी छिन् । उनले अनिश्चित गर्भधारण नहोस भनेर आफुहरुको दम्पतीले परिवार नियोजनका साधनहरु प्रयोग गर्ने गरेको बताउँछिन्। यसले गर्दा अनिश्चित गर्भधारण नहुने र आफ्नो पढाईमा पनि असर नपर्नेमा आफु ढुक्क रहेको उनको भनाई छ । यता बरको रुख निवासी देवकला थापालाई गर्भवती भएको ५ महिनामा सहनै नसक्ने गरी पिडा भयो त्यसपछि उनी आफ्नो श्रिमानसंग चेकजाँच गराउन अस्पताल पुगिन्, अस्पतालमा डाँक्टरले गर्भको चेकजाँच गरेपछि उनको गर्भमा भएको बच्चा बिकलाङ्ग जन्मिने र यसले गर्दा आमा र बच्चाको स्वास्थ्यमा समस्या हुने भएकाले सुरक्षित गर्भपतनका बारेमा डाँक्टरले सुझाव दिएपछि उनले गर्भपतन गर्ने निर्णय गरिन् । यो बिषयमा श्रिमान पनि सहमत भएको देवकलाले बताईन् ।

छत्रदेवकी साधना भुसालले पनि यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनका बारेमा कानुनी मान्यता, महिलाहरुको स्वास्थ्य अवस्था, सुरक्षित गर्भपतन गराउन पाउने सुचिकृत स्वास्थ्य संस्थाहरुको बारेमा आईपास नेपालबाट जानकारी पाएपछि आफु खुसी भएको बताउँछिन् । महिलाहरुको प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनका बिषयमा छलफल भएपछि यसका बारेमा खुलेरै कुरा गर्ने गरेको बताउँछिन् समाजसेवा तथा वातावरण संस्कृति संरक्षण समूह भुमिकास्थान हटियाकी अगुवा मनिसा श्रेष्ठ । बिशेष गरी ग्रामिण भेगका महिलाहरुको बुझाईले समाजमा सकारात्मक परिवर्तन आएको उनि बताउछिन् । नेपालमा गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको झन्डै २ दशक पुग्न लागेको छ । सुरक्षित गर्भपतन सेवामा सबैको पहुँच स्थापित गराउनका लागि नेपाल सरकार, आईपास नेपाल तथा अन्य सरोकारवाला निकायहरु कार्यरत रहेका छन् ।

यस्तै स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार आर्थिक वर्ष २०७६/२०७७ मा ६५३ र २०७७/२०७८ मा ६५७ जनाले सुरक्षित गर्भपतन गराएका छन् यस्तै गत वर्षमा मात्र ७२४ जनाले सुरक्षित गर्भपतन गराएका अर्घाखाँची अस्पतालका अहेब बिष्णा खड्का बताउछिन् । उनले असुरक्षित गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा पछिसम्म समस्या पर्ने भएकाले गर्भपतन गर्न परेमा सुरक्षित गर्भपनतका लागि सुचिकृत स्वास्थ्य संस्थामा जान चेतना प्रवाहका काम गरेको पनि बताउछिन् ।

यस्तै अर्घाखाँचीमा गत वर्ष ४८० जनाले प्रसुति सेवा लिएका भए पनि अझै पनि सबै महिला सुत्केरी हुन् स्वास्थ संस्थामा जादैनन् । गत वर्ष मात्र २९२ जना महिला घरमै सुत्केरी भएका थिए । सबै महिलालाई नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामा सुत्केरी बनाउन सके पनि प्रजनन् स्वास्थ्यमा धेरै सुधार आउने स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक प्रमुख गणेशराज पौडेलले बताए ।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?