वाग्नर समूहलाई आत्मसमर्पण गर्न रूसको आग्रह, सैन्य प्रमुखविरुद्ध फौजदारी मुद्दा दायर

एजेन्सी । रुसले वाग्नर लडाकु समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । लडाकु समूह वाग्नरले विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले यो समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको हो ।

जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गरेको रुसी रक्षा मन्त्रालयले सबै लडाकुको सुरक्षाको प्रत्याभूति गर्ने प्रतिबद्धता पनि जनाएको छ । रूसी सङ्घीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले वाग्नर निजी सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिनविरुद्ध सेनालाई विद्रोहका लागि उक्साएको आरोपमा फौजदारी मुद्दा दायर गरिएको पनि जनाएको छ ।

वाग्नर समूहले रुसको दक्षिणी सहर रोस्तोव र वोरोनिश सहर कब्जा गरेको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ । रूसी समाचार संस्था तासका अनुसार पछिल्लो घटनापछि मस्कोमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमा त्यहाँको निजी सैन्य समूह वाग्नरका गतिविधिले सैन्य संरचनामा नै सङ्कट उत्पन्न गरेको छ । वाग्नर भाडाका सैनिकहरूको समूह हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?