अर्घाखाँची । अर्घाखाँचीमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका ३ मथुराबेसीमा करेण्ट लाग्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीको मुसीकोट नगरपालिका ३ पेगा घर भई हाल अर्घाखाँची छत्रदेव गाउँपालिका ३ मथुराबेशी बस्दै आएका २६ वर्षिय बिमल महत रहेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
महत हाल २/३ महिना देखि अर्घाखाँची छत्रदेव गाउँपालिका ३ मथुराबेशी स्थित आफ्नै दीदीभिनाजुले सञ्चालन गरेको के.बि. बेम्बो होटलमा काम सघाउन बसेका थिए । मकैबारीमा बदेल धपाउनको लागी खेत वरीपरी तार जोडी करेन्ट प्रवाह गरी राखेको तारमा परि करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।
तारमा करेन्ट लगाउने छत्रदेव गाउँपालिका ३ मथुराबेशी बस्ने ४६ बर्षिय केशव खनाललाई नियन्त्रणमा लिई अर्घाखाँची जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।













