बजेट अभावले शितगङ्गा नगरपालिकाका जनप्रतिनिधिहरुको सेवा सुबिधा रोकियो

अर्घाखाँची । नेपालको सबैभन्दा ठूलो नगरपालिका शितगंगा नगरपालिकामा बजेट अभावका कारण जनप्रतिनिधि हरुको ३ महिनाको सेवा सुबिधा र प्रशासनिक खर्चको भुक्तानी रोकिएको छ ।

नगरपालिकाले गएको बर्ष बजेट बिनियोजन गरि दायित्व श्रृर्जना गरेका योजनाको फाइल काम सम्पन्न गरि प्राबिधिक स्टमेट काम सम्पन्न प्रतिबेदन सहित योजना शाखामा पुगेको भएपनि १२० भन्दा बढी योजनाको भुत्तानी हुन नसकेको र अषाढ २३ गते नै आर्थिक बर्षको क्लोजिङ सम्पन्न हुन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिए ।

सरकारले बित्तिय समानिकरणमा प्रक्षेपण गरेको १४ करोड ९७ लाखमा शितगंगा नगरपालिकामा १३ करोड ९ लाख बजेट प्राप्त भएको र १ करोड ८८ लाख बजेट कमि आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताए । खनालका अनुसार संघिय राजस्व बाडँफाड तर्फ १५ करोड ८२ लाख आउनु पर्नेमा ११ करोड ८८ लाख मात्र बजेट आएको जस्मा प्रक्षेपण गरिएको भन्दा ३ करोड ९४ लाख रुपैयाँ बजेट कमि प्राप्त भएको छ । भने प्रदेश राजस्व बाँडफाड तर्फ शितगंगा नगरपालिकामा २ करोड ५० लाख आउनु पर्नेमा १ करोड ९९ लाख प्राप्त हुदा ५१ लाख बजेट कमि आउदा बजेटमा ठुलो समस्या परेको नगरपालिका का प्रशासकीय अधिकृत खनालको भनाई छ ।

आन्तिरक आय तर्फ भने नगरपालिकाले अनुमान गरे अनुसारको ३ करोड ५० लाख राजस्व संकलन गर्न सफल भएको छ तर आन्तरिक राजस्व तर्फ प्रदेश र बन रोयल्टी ८० लाख अहिले सम्म नगरमा नपठाउदाँ आन्तरिक तर्फको बजेट समेत २ करोड २० लाख मात्र रहेको छ बिगतका बर्षको तुलनामा यस बर्ष आन्तरिक आएमा १८ प्रतिसत वृद्धि भएको छ । यस अनुसार हेर्दा शितगंगा नगरपालिकामा यस बर्ष बित्तिय समानिकरण तर्फ १ करोड ८८ लाख कमि हुदा नगरपालिका मा ६ करोड ३३ लाख बजेट कमि भएको नगरपालिकाले जनाएको छ ।

सरकारबाट बजेट नआँउदा अहिले शितगंगा नगरपालिकाले बालबिकास सहजकर्ताको तलव ३ महिना देखि दिन सकेको छैन । यस्तै वडाको प्रशासनिक खर्च नगरले दिन सकेको छैन । समपुरक बाहेकका ठुला योजना सम्पन्न भए पनि रकम भुत्तानी हुन नसक्दा ठेकदार तथा उपभोत्ता समिति मर्कामा परेको गुनासो गरेका छन । नगरपालिकाले विभिन्न समितिका योजनाहरु १२० भन्दा बढी योजना अहिले सम्पन्न भए पनि भुत्तानी हुन सकेको पछि समस्या उत्पन्न भएको नगरपालिका का प्रशासकीय अधिकृत खनाले बताए ।

ठुलो क्षेत्रफल र धेरै योजना हुँदा सबै साना ठुला योजना सम्पन्न हुनै कठिनाइ हुने शितगंगा नगरपालिकामा यो आर्थिक बर्षमा गत बर्षको तुलनामा १९२ योजना कम गरिएको थियो । शितगंगा नगरपालिकाका योजना अधिकृत नुमलाल खनालका अनुसार यस बर्ष धेरै योजना अन्तिम चरणमा रहेको र भुत्तानीको लागि सिफारिस भइ सकेको तर बजेट अभावका कारण भुक्तानी हुने सम्भावना नरहेको दावि गरे ।

नगरका योजना धेरै भए पनि सम्झौता गर्न नगरपालिकाले वडामै सम्झौता गर्ने समेत गरेको थियो यो बर्षको योजना कार्यन्वयनको चरण ९७ प्रतिशत हुने अपेक्षा छ ।

नगरपालिकामा यो बर्ष ६ करोड ३३ लाख भन्दा बढि रकम बजेट नआउदा यसको असर अर्को बर्षको बजेटमा समेत दायित्व सर्ने प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालको भनाइ छ ।

नगरपालिका मा सम्पन्न भएका योजना र जनप्रतिनिधि हरुको सुबिधा आगामी बर्षको बजेटबाट भुक्तानी दिने गरि नगरपालिकाले १८ नम्बर फर्म भरेर भुक्तान दिनु पर्दा अर्को बर्षको बजेटमा आर्थिकभार पर्ने भएकोले अर्को बर्ष योजना प्रभावित हुने प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताए । आगामी बर्ष शितगंगा नगरपालिकाले ३ करोड ५० लाख आन्तरिक राजस्वको लक्ष्य लिएकोमा यो बजेट समाबेस गर्न आगामी बर्ष ९ करोड भन्दा बढी राजस्व आन्तरिक रुपमा उठाए मात्र पुरा हुने भएकोले यो सम्भव नरहेको अधिकृत खनालको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?