संघीय संसदका दुवै सदनको बैठक आज, हट्ला त विपक्षीको अवरोध ?

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ।

 प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिलाई लिएर गत मंगलबारदेखि संसद् अवरुद्ध छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर दुवै सदन चल्न दिएको छैन।

राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजेर ३१ मिनेटमा बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ। यद्यपी आजका दुवै बैठक एमालेले चल्न नदिने अडानमा छ।  एमालेका प्रमुख सचेतक पदम गिरिले प्रधानमन्त्रीको राजीनामा नआउन्जेल सदन कुनै पनि हालतमा पनि चल्न नदिने बताए।

संसद्का काम कारबाही नियमित गराउन सभामुखले प्रधानमन्त्री दाहाल र एमाले संसदीय दलका नेता केपी शर्मा ओलीबीच संवाद गराउन प्रयास गरे पनि शनिबार त्यो सम्भव भएन।

आफूलाई प्रधानमन्त्री बनाउन भारतीय यातायात व्यवसायी सरदार प्रितम सिंह पटक-पटक दिल्ली धाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादित अभिव्यक्तिले उनी पदमा रहिरहने नैतिक आधार गुमाएको निष्कर्षका साथ एमालेले संसद् अवरुद्ध गरेको हो।

आफ्नो अभिव्यक्तिका विषयमा संसद्‍मा स्पष्टीकरण दिन प्रधानमन्त्री तयार भए पनि एमालेले राजीनामा नै माग गरेको छ। एमाले आफ्नो एकपक्षीय अडानबाट पछि नहटेर लगातार संसद् अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच संवाद गराउन पहल गरिरहेका छन्। सत्ता गठबन्धन दलले प्रधानमन्त्रीले संसद्‍मा जवाफ दिनुपर्ने तर राजीनामा दिनु नपर्ने निष्कर्ष निकालिसकेको छ। त्यति गर्दा पनि एमालेले मानेको छैन।

गठबन्धनले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गरे पनि कांग्रेस र  नेकपा एकीकृत समाजवादीकै केही नेता प्रधानमन्त्रीले बोल्दा बिचार पुर्‍याउनु पर्ने बताउँदै आएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?