आज विश्व जनसंख्या दिवस

काठमाडौं । विश्व जनसंख्या दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

दिवसको नारा ‘लैंगिक समानतालाई बनाऔं अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ तय गरिएको छ । जनसंख्या व्यवस्थापनसम्बन्धी मुद्दामा केन्द्रित रही आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा परेको प्रभावप्रति सजग हुन जनसंख्याका अन्तरसम्बन्धका बारेमा राजनीतिक इच्छाशक्ति बढाउँदै स्रोतसाधन परिचालन गरी उपलब्धिलाई दिगो बनाउने सन्दर्भमा आम जनमानसमा सचेतना फैलाउन प्रत्येक वर्ष जुलाई ११ मा जनसंख्या दिवस मनाइन्छ।

दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको जनसांख्यिक संरचनामा केही फेरबदल आएको बताएका छन्। जनसंख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरूपमा गइरहेको भन्दै वृद्धिदर र प्रजनन दर कम हुनु तत्कालका निम्ति सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुन सक्ने उनको भनाइ छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?