वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत एक इनिङ्स र १ सय ४१ रनले विजयी

काठमाण्डौ । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत विजयी भएको छ ।

भारतले घरेलु टोलीलाई एक इनिङ्स र १ सय ४१ रनको अन्तरले हराएको हो । योसँगै दुई टेस्टको श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ । दोस्रो पारीमा वेस्ट इन्डिज १ सय ३० रनमा अलआउट भएपछि तेस्रो दिन नै पराजित भएको हो । वेस्टइन्डिजका एलिक एथानाजेले २८ र जेसन होल्डरले २० रन बनाए । अरु कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ७ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले २ विकेट लिए । त्यसअघि भारतले पहिलो पारीमा ४ सय २१ रन बनाउदा ५ विकेट गुमाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो ।

भारतका यशस्वी जैसवालले १ सय ७१ रनको शतकीय पारी खेलेका थिए । उनी प्लेयर अफ द म्याच भए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज १ सय ५० रनमा अलआउट भएको थियो । वेस्टइन्डिजले घरेलु मैदानमा भारतसँग दुई टेस्ट, तीन एकदिवसीय र पाँच टि–२० श्रृंखला खेल्नेछ । दोस्रो टेस्ट जुलाई २० तारिखदेखि शुरु हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?