केदारनाथको पहिरो : जुम्लाका ११ जना बेपत्ताको परिचय खुल्यो

जुम्ला : भारतको उत्तराखण्डस्थित केदारनाथको गौरीकुण्डमा आएको पहिरोमा परी बेपत्ता भएका जुम्लाका ११ जनाको पहिचान खुलेको छ ।

पातारासी गाउँपालिका–३ चौर गाउँका एकै परिवारका ७ जना सहित पातारासीका ११ जना बेपत्ता भएको जानकारी प्राप्त भएको हो । त्यसैगरी पातारासी गाउँपालिका–२ स्थित अस्थायी प्रहरी चौकीका अनुसार बेपत्ता भएका व्यक्तिहरूमध्ये जुम्ला पातारासी गाउँपालिका–२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी छन् ।

सोही गाउँका ३० वर्षीय अमर बोहरा, उनकी श्रीमती अनिता बोहरा, छोरीहरू सलिता बोहरा (११ वर्षीया)‚ पिंकी बोहरा (९ वर्षीया), प्रीति बोहरा (७ वर्षीया), छोराहरू जटिल बोहरा (४ वर्षीय) र ओकिल बोहरा (२ वर्षीय) छन् ।

प्रहरीका अनुसार पातारासी–३ का ३८ वर्षीय बम बोहरा, ४६ वर्षीय सुकराम रावत छन् ।

त्यस्तै उनीहरू बेपत्ता भई मृत्यु भएको आफन्तहरूले जानकारी दिएका प्रहरीले जनाएको छ। प्रहरीको तथ्यांकअनुसार उनीहरू बेपत्ता भएको भारतमा रहेका चन्द्र बुढा, फूलमाया बुढा, प्रकाश कामी, शुक कामी, निरु रावत र खर्क बोहराले टेलिफोनबाट जानकारी गराएका प्रहरीले जनाएको छ।

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार घटना भएको थाहा पाएपछि निरन्तर घटनाको बारेमा बुझ्ने काम भएको बताए। यो वर्ष पातारासीले त्यो दुःखद घटना सहित मुगु र हुम्लाको पाटनमा हिम पहिरोमा गरी ३ जना बेपत्ता भएका थिए।


spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?