बुटवल । २९ औँ विश्व आदिवासी दिवसकाे अवसरमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शेरचनले एक विज्ञप्ती जारी गर्दै सम्पूर्ण आदिवासी जनजाती दिदी, बहिनी, दाजुभाईहरु लगायत सबै नेपालीहरुमा उत्तरोत्तर प्रगतिको शुभकामना दिदै व्यक्तिगत लाभ भन्दा सामुहिक अधिकार र रुपान्तरणका निम्ति आदिवासी दिवसले उर्जा मिल्नेमा विश्वास व्यक्त गरे ।
उनले विश्वका सबै मानव जातीहरुको संगसंगै आदिवासी जनजातीहरुको पनि सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक तथा नागरिक अधिकारमा समान पहुँच पुयाउन यो दिवसको महत्व रहेको भन्दै नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको मौलिक हकको कार्यान्वयनगरि राज्यको संरचनामा आदिवासी जनजातीहरुको समानुपातिक पहुँच पुयाउन सामूहिक आन्दोलनलाई संगठित गर्न सबै पक्षको ध्यान जानु अनिवार्य रहेको बताए ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९४ डिसेम्बर २३ मा अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा भए पश्चात् विश्वभरि यो दिवस मनाउदै आईरहेको छ ।












