प्रदेश प्रमुख अमिक शेरचनद्वारा विश्व आदिवासी दिवसकाे शुभकामना व्यक्त

बुटवल । २९ औँ विश्व आदिवासी दिवसकाे अवसरमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले एक विज्ञप्ती जारी गर्दै सम्पूर्ण आदिवासी जनजाती दिदी, बहिनी, दाजुभाईहरु लगायत सबै नेपालीहरुमा उत्तरोत्तर प्रगतिको शुभकामना दिदै व्यक्तिगत लाभ भन्दा सामुहिक अधिकार र रुपान्तरणका निम्ति आदिवासी दिवसले उर्जा मिल्नेमा विश्वास व्यक्त गरे ।

उनले विश्वका सबै मानव जातीहरुको संगसंगै आदिवासी जनजातीहरुको पनि सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक तथा नागरिक अधिकारमा समान पहुँच पुयाउन यो दिवसको महत्व रहेको भन्दै नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको मौलिक हकको कार्यान्वयनगरि राज्यको संरचनामा आदिवासी जनजातीहरुको समानुपातिक पहुँच पुयाउन सामूहिक आन्दोलनलाई संगठित गर्न सबै पक्षको ध्यान जानु अनिवार्य रहेको बताए ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९४ डिसेम्बर २३ मा अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा भए पश्चात् विश्वभरि यो दिवस मनाउदै आईरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?