आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस

काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आफूले निर्धारण गरेअनुरुपको परिवर्तनको संवाहक आदिवासी युवा’ नाराका साथ बुधबार देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।

आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ । दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ। त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम गर्दैछ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो। संयुक्त राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

उक्त दिवसका लागि संयुक्त राष्ट्रसंघको लोगोलाई बंगलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ । सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पनि काठमाडौंमा कार्यक्रमको आयोजना गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?