घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी

 घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी भएको छ ।

पाँच खेलको शृंखलामा वेस्टइन्डिज २–१ ले अघि छ । गएराति भएको खेलमा जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

भारतका सूर्यकुमार यादवले सर्वाधिक ८३ रन बनाए । तिलक बर्मा ४९ र हार्दिक पान्ड्या २० रनमा रनमा अविजित रहे ।डेब्यू खेल खेलेका यशस्वी जैसवाल १ र शुभमन गिल ६ रनमै आउट भए । वेस्ट इन्डिजका अल्जारी जोशेफले दुई तथा ओबेद म्याककोयले एक विकेट लिए ।

त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।उसका कप्तान रोभम्यान पावेल ४० रनमा अविजित रहे । ब्रेन्डन किंगले ४२ रन जोडे ।भारतका कुलदीप यादवले ३ विकेट लिए । अक्षर पटेल र मुकेश कुमारले समान एक/एक विकेट लिए ।

पहिलो खेलमा वेस्ट इन्डिज ४ रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो । चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?