हिस्टुन अर्घाखाँचीको अधिवेशन सम्पन्न; आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अर्घाखाँची ।  अर्घाखाँचीमा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को चौथो अधिवेशन सम्पन्न भएको छ। सन्धिखर्कको ग्रीन बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

अर्घाखाँची जिल्लामा कार्यरत साविक उ.मा.वि. तह(कक्षा ११/१२) मा कार्यरत शिक्षकहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो। हिस्टुनका जिल्ला अध्यक्ष छविलाल भुसालको अध्यक्षता एवं माध्यमिक विद्यालय शिक्षक युनियन नेपालका केन्द्रीय सदस्य के.एन. घिमिरेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। त्यस्तै कार्यक्रममा हिस्टुनका पुर्व केन्द्रीय सदस्यद्वय विष्णुप्रसाद भट्टराई, कमल पछाइँ लगायतको विशेष उपस्थिति रहेकोे थियो। अधिवेशनले शिक्षक टानबहादुर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। गठित नव कार्यसमितिको उपाध्यक्षमा बिरेन्द्र पौडेल र सुनिता पन्थ चयन भएका छ्न भने सचिबमा लोकनाथ अधिकारी,सहसचिवमा अनन्तप्रसाद घिमिरे,कोषाध्यक्षमा लालमणी खनाल लगायत अन्य सदस्यहरुको चयन समेत अधिवेशनले गरेको छ।
कार्यक्रममा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भुसालले आफ्नो कार्यकालमा शिक्षकहरुको पक्षमा जेजति कार्य गरियो त्यो पर्याप्त नभएको भन्दै अबको नवगठित कार्यसमितिले सम्पूर्ण शिक्षकहरूलाई समेट्दै रचनात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए। त्यस्तै कार्यक्रममा हिस्टुनका पुर्व केन्द्रिय सदस्यद्वय विष्णुप्रसाद भट्टराई, कमल पछाइँ, प्रदेश सदस्य अनन्तप्रसाद घिमिरे एवं वर्तमान केन्द्रिय सदस्य के.एन. घिमिरेले शुभकामना मन्तव्य प्रस्तुत गरेका
थिए।

आज सम्पन्न कार्यक्रमको सन्चालन हिस्टुन अर्घाखाँचीका सचिब बिरेन्द्र पौडेलले गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?