आप्रवासी चढेको डुंगा दुर्घटना : ६० जनाको मृत्यु

एजेन्सी । पश्चिम अफ्रिकी देश केप भर्दे नजिक आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ।

आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईओएमले दुर्घटनामा परेका ३८ जनाको उद्धार गरिएको बताएको छ। उद्धार गरिएकामा १२ देखि १६ वर्ष उमेरका बालबालिका पनि छन् । करिब १०० मानिस सवार डुंगा अवैध रुपमा सामुद्रिक बाटो हुँदै युरोप प्रवेश गर्ने क्रममा दुर्घटनामा परेको हो।

आन्ध्र महासागरीय देश केप भर्दे हँदै डुंगा युरोप प्रवेश गर्न लागेको थियो। डुंगामा सेनेगल तथा सिएरा लियोनका व्यक्ति रहेको अनुमान छ। यही मार्गबाट युरोप प्रवेश गर्न खोज्दा गत वर्ष ५५९ जनाको मृत्यु भएको थियो। यो वर्षको शुरुमै जहाज दुर्घटना हुँदा १२६ जनाको मृत्यु भएको थियो।

अवैध रुपमा युरोप प्रवेश गर्ने खोज्ने अफ्रिकी तथा मध्यपूर्वी एसियाली मुलका नागरिक कठिन सामुद्रिक मार्ग र कमजोर डुंगाका कारण दुर्घटना पर्ने गरेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?