श्रीलङ्कामा १६ लाख बालबालिकाको अध्ययनका लागि युनिसेफको सहयोग

एजेन्सी । श्रीलङ्कामा कोरोना महामारीबाट प्रभावित प्राथमिक विद्यालयका १६ लाख बालबालिकालाई सिकाइमा सहयोग पुर्याउने गरी कार्यक्रम शुरु भएको छ ।

श्रीलङ्का सरकार र संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय बाल कोष (युनिसेफ) ले संयुक्त रूपमा कार्यक्रम शुरु गरेका हुन् । श्रीलङ्काका शिक्षामन्त्री सुशील प्रेमजयन्तले विगतमा तीन वर्ष विद्यालय बन्द हुँदा ती विद्यार्थी प्रभावित भएको बताएका छन् ।

श्रीलङ्काले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दुई प्रतिशतभन्दा कम शिक्षामा विनियोजन गरेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको चारदेखि छ प्रतिशतको अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै तल छ । गएको जुलाईमा, शिक्षा मन्त्रालय र युनिसेफले विकास साझेदारको समर्थनको लाभ उठाउन सिकाइ सुधारका लागि विशेष छलफल समेत आयोजना गरेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?