न्युजिल्यान्डसँगको पहिलो टी–२० मा घरेलु टोली यूएई १९ रनले पराजित

घरेलु टोली यूएई पहिलो टी–२० मा न्युजिल्यान्डसँग १९ रनले पराजित भएको छ । योसँगै तीन खेलको शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको यूएई १९ ओभर ३ बलमा १ सय ३६ रनमा अलआउट भयो ।

यूएईका अर्यांश शर्माले सर्वाधिक ६० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । न्युजिल्यान्डका टिम साउथीले ५ विकेट लिए । मिचेल सान्टनार र जेम्स निसमले समान दुई विकेट लिए । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो ।

न्युजिल्यान्डका टिम सिफर्टले सर्वाधिक ५५ रन बनाए । यूएईका जुनैद सिद्दिक र बासिल हामिदले समान दुई विकेट लिए । दुई देशबीचको दोस्रो टी–२० खेल भोलि र तेस्रो खेल पर्सि आइतवार हुनेछ । तीन खेलको शृङ्खलाका लागि न्युजिल्यान्ड यूएई भ्रमणमा छ ।

न्युजिल्यान्डले शृङ्खला खेल्न यूएई भ्रमण गरेको यो पहिलो पटक हो । तर उसका धेरै खेलाडी द हन्ड्रेड लिग खेल्न बेलायतमा रहेकाले धेरै नयाँ खेलाडी मात्रै टिममा समावेश रहेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?