बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित सडकमा लु.७६ प ७२११ नम्बरको मोटरसाइकल र लु.७५ प ६९२० नम्बरको स्कुटर एकआपसमा ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक तिलोत्तमा नगरपालिका-६ पुरानो सडक बस्ने ५४ वर्षीय नबिन श्रीषको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।













