आयरल्यान्डलाई ३३ रनले हराउँदै भारत विजयी

भारतले दोस्रो टी–२० क्रिकेटमा आयरल्यान्डलाई ३३ रनले  हराएको छ।

जितका लागि १८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो। आयरल्यान्डका एन्डी बालबिर्नीले ७२ रनको अर्धशतकीय पारी खेले। यस्तै, मार्क एडैरले २३ रन, कर्टिस क्याम्फरले १८ र जर्ज डकरेलले १३ जोडे।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो। भारतका लागि ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय  पारी खेले।

यस्तै, सन्जु स्यामसनले ४०, रिङ्कु सिंहले ३८, शिवम् दुबेले २२ र यशस्वी जैसवालले १८ रन बनाए। जितसँगै भारतले एक खेल अगाडि नै शृङ्खला जितेको छ। पहिलो खेलमा भारत दुई रनले विजयी भएको थियो। तेस्रो तथा अन्तिम खेल पर्सि बुधवार हुनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?