लायन्स क्लव अफ बुटवल स्टार्सद्धारा विद्यालयमा सहयोग

बुटवल । स्वार्थभन्दा माथि सेवा भन्ने मुल नाराका साथ लायन्स क्लव अफ बुटवल स्टार्सले पाल्पाको एक विद्यालयलाई ४५ हजार रुपैयाँ बराबरको स्टेशनरी, विद्यालय झोला र जिन्सी सहयोग गरेको छ ।

माथागढी गाउँपालिका वडा नम्बर ४ मा रहेको रत्न माध्यमिक विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको हो । सोमबार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई स्टेशनरी, विद्यार्थीहरुको लागि झोला सहितको स्टेशनरी प्रदान गरिएको हो ।

लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिन्कु लिगल ले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर जिसी र प्रधानाध्यापक निर बहादुर सारुलाई उक्त स्टेशनरी, झोला प्रदान गरेका हुन ।

कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पी का सिनियर डिष्ट्रिक एड्भाईजर आशिषकृष्ण श्रेष्ठ ले बोल्दै क्लवले उदाहरणीय कार्य गरेको बताएका थिए । कार्यक्रममा वडा सदस्य तथा विद्यालय व्यवस्थापन सदस्य हुम बहादुर सारु, विद्यालयका सहायक प्रधानाध्यापक निता जिसी, ज्ञान प्रसाद श्रेष्ठ, हरि पोखरेल लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रम संयोजक तथा क्लवका द्धितिय उपाध्यक्ष राजन जिसीको जन्मदिनको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?