लायन्स क्लव अफ बुटवल स्टार्सद्धारा विद्यालयमा सहयोग

बुटवल । स्वार्थभन्दा माथि सेवा भन्ने मुल नाराका साथ लायन्स क्लव अफ बुटवल स्टार्सले पाल्पाको एक विद्यालयलाई ४५ हजार रुपैयाँ बराबरको स्टेशनरी, विद्यालय झोला र जिन्सी सहयोग गरेको छ ।

माथागढी गाउँपालिका वडा नम्बर ४ मा रहेको रत्न माध्यमिक विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको हो । सोमबार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई स्टेशनरी, विद्यार्थीहरुको लागि झोला सहितको स्टेशनरी प्रदान गरिएको हो ।

लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिन्कु लिगल ले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर जिसी र प्रधानाध्यापक निर बहादुर सारुलाई उक्त स्टेशनरी, झोला प्रदान गरेका हुन ।

कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पी का सिनियर डिष्ट्रिक एड्भाईजर आशिषकृष्ण श्रेष्ठ ले बोल्दै क्लवले उदाहरणीय कार्य गरेको बताएका थिए । कार्यक्रममा वडा सदस्य तथा विद्यालय व्यवस्थापन सदस्य हुम बहादुर सारु, विद्यालयका सहायक प्रधानाध्यापक निता जिसी, ज्ञान प्रसाद श्रेष्ठ, हरि पोखरेल लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रम संयोजक तथा क्लवका द्धितिय उपाध्यक्ष राजन जिसीको जन्मदिनको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?