डेंगी नियन्त्रणका लागि सचेतनामूलक सडक नाटक

बुटवल । रूपन्देही जिल्लामा डेङ्गुको संक्रमण फैलिएपछि विभिन्न संघ संस्थाले डेङ्गु नियन्त्रणको प्रयास जारी राखेका छन् ।

यही क्रममा आइतबार युनिक मुभिजको आयोजनामा बुटवल १७ मोतिपुरमा रहेको मोतिपुर माध्यमिक बिध्यालयमा डेङ्गु नियन्त्रण तथा यसबाट बच्ने उपायको बारेमा पछुतो नामक सडक नाटक गरेर सचेतना फैलाइएको छ ।

उक्त कार्यक्रममा बोल्दै मोतिपुर माध्यमिक बिध्यालय प्रध्यानध्यापक लक्ष्मण मरासिनीले डेङ्गुलाई महामारीको रुपमा फैलिन नदिन जनस्तरबाटै चेतनास्तर वृद्धि गराउन आवश्यक रहेकोले रूपन्देहीका सवै स्थानिय तहले टोल–बस्तीसम्म पुगेर डेङ्गु रोगविरुद्व सचेतना फैलाउनाका लागि यस्ता सडक नाटक देखाउन पर्ने जरूरी रहेको औलाउनु भयो र यस्ता सचेतना मुलक नाटकले समाजमा सिदै प्रभाव पार्ने उहाँको भनाइ रहेको थियो ।

उक्त कार्यक्रममा मेतिपुर स्वास्थ्य चौकी इन्चार्ज कल्पना पौडेलले यस नाटकले समयमै सजग भई लामखुट्टेको टोकाइबाट बच्न सके डेङ्गुबाट सहजै बच्न सकिने हुँदा लामा कपडा लगाउन र सुत्ने बेला झूलको प्रयोग अनिवार्य गर्ने र यदि कतै डेङ्गुका लक्ष्यण देखिएमा स्वास्थ्यचौकी जाने आफ्नो मनोमानीमा औषधि सेवन नगर्ने कुरामा ध्यान दिएको हुनाले अत्यान्तै राम्रो लाग्यो । यस्ता नाटक रुपन्देहीका सवै स्थानमा देखाउन सके डेङ्गु लाग्न बाट बच्न सकिने जानकारी राख्नु भयो । उक्त कार्यक्रममा मदरल्याण्डका सञ्चालक हरिहर श्रेष्ठ, मणिरत्न भण्डरी लागायत ले आफ्ना भनाइहरु राख्नु भएको थियो ।

सडक नाटकले डेङ्गु रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय हो । त्यसैले अहिले वर्षात्को समयमा पानी परिरहने र आफ्नो घर वरपर फालिएका खाली बट्टा, सिसी र सिसीको बिर्को, गिलास, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, पुराना फालिएका भाँडा, गमला आदिमा पानी जम्न नदिने र यदि पानी भएमा फ्यालेर भाडाहरू सफा गरी घोप्टाउनुपर्छ र सुक्न दिनुपर्छ । आफ्नो घरमा राखिएको गमलाको पानी घटीमा हप्ताको दुई पटक सुक्न दिनुपर्छ । यदि सुकाउन सम्भव नभए २ चम्चा डढेको मोविल, मट्टीतेल हालिदिनुपर्छ । भाँडामा पानी जम्न नदिन घोप्टयाएर राख्नुपर्छ । घरमा प्रयोगका लागि राखिएका पानी ट्याङकीलाई हरेक हप्ता खाली गरी सफा राख्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न मलम लगाउनुपर्छ । डेङ्गु ज्वरो विरुद्धको खोप तथा खास उपचार नभएको यस परिस्थितिमा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्नु मुख्य उपाय हो । डेङ्गु रोग संग खेलवाड गरे अकालमा ज्यान सक्छ भन्ने सन्देश सडक नाटकमा देखाइएको थियो ।

नाटकको लेखन तथा निर्देशन बाबुराम घिमिरे ले गर्नु भएको थियो अभिनयमा विजय पोखरेल, विरवल शर्मा, कमल गुरूङ, सुमित्रा चापागाइ, विमला गैरे र अन्जु गैरेको थियो भने युनिक मुभिजले संयोजन गरेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?