२ ओभरमै नेपालले बहराइनलाई हरायो

काठमाडौं । आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा नेपालले बहराइनलाई १० विकेटले हराएको छ।

मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा नेपालले २.५ ओभरमा बहराइनले दिएको ३२ रनको लक्ष्य भेट्टाएको हो । नेपालका ओपनर कविता कुँवरले १७ रन र सीता रानामगरले २ रन नटआउट रहे । १३ रन एक्ट्रा रन नेपालले प्राप्त गर्‍यो।बहराइनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको थियो ।

नेपालका बलरका सामु बहराइनका ब्याटिङ चल्न सकेन । बहराइनकी कप्तान दीपिका रसङ्गीकाले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बहराइनलाई सस्तैमा समेट्न इन्दु वर्माले तीन विकेट, खुशी डंगोलले दुई विकेट, कविता कुँवर, पुजा महतो, रविना छेत्री बेलवासीले समान एक रएक विकेट लिएका थिए।

पहिलो खेलमा घरेलु टोली मलेसियाविरुद्ध ५ रनको रोमाञ्चक जित निकालेको नेपाली टोली आज लगातार दोस्रो जित हात पारेको हो। ११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?