एनएमबि बैंकका ग्राहकलाइ होटल पौवामा २० प्रतिशत सम्म छुट

बुटवल । एनएमबि बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा योगिकुटी स्थित होटल पौवा बीच एक सम्झौता भएको छ ।

सम्झौता अनुसार एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले होटल पौवाबाट प्रदान गरिएको सेवामा होटलको मेनुमा राखिएको मुल्यमा २० प्रतिशत सम्म छुट पाउने भएका छ्न् । सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकले होटल पौवाबाट फुड एण्ड वेवरेज आइटममा १० प्रतिशत तथा स्विमिङ्ग र बोटिङ्गमा २० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र होटल पौवाका म्यानेजिङ्ग डाइरेक्टर बिष्णु ज्ञवालीले हस्ताक्षर गरेका छन।

एनएमबि बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक प्रभात सिंह खाती, देविनगर शाखा प्रबन्धक निरज श्रेष्ठ एवं होटल पौवाका चिफ ब्राण्डिङ्ग अफिसर बिष्णु भण्डारीको उपस्थितिमा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र होटल पौवाका म्यानेजिङ्ग डाइरेक्टर बिष्णु ज्ञवालीले एक कार्यक्रम बीच उक्त हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए । यो सम्झौता एक वर्षको लागि हुनेछ र दुई पक्षको आपसी सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने उल्लेख गरिएको छ ।

सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहकबर्ग लाभान्वित हुने एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीले विस्वास व्यक्त गरे । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ ।

भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोडको अनिवार्य प्रयोग गर्नुपर्ने होटल पौवाका म्यानेजिङ्ग डाइरेक्टर बिष्णु ज्ञवालीले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?