महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न नेपालले आज थाइल्यान्डसँग खेल्दै

काठमाण्डाै । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न नेपालले आज थाइल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे मलेसियामा शुरु हुनेछ ।

समूह चरणको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई ४३ रनले हराउँदै समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल खेल्न लागेका हुन् । आजको खेलमा नेपालले थाइल्यान्डलाई हराउन सकेमा पहिलो पटक ग्लोबल टी–२० छनोटमा पुग्नेछ ।

सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् । अर्को सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?