आधिकारिक ट्रेड युनियन अर्घाखाँचीले गर्यो स्वागत र विदाई

अर्घाखाँची । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले सरुवा भै जिल्ला आएका कर्मचारि र सरुवा भएर जिल्ला बाहिर जान लागेका कर्मचारीको एक कार्यक्रमका बीच स्वागत र विदाई गरेको छ ।

सधै रचनात्मक र सिर्जनात्मक क्रियाकलापमा अब्बल सिबिए अर्घाखाँचीको स्वागत र विदाई नियमित क्रियाकलाप हुन्। जिल्ला भित्रिने नाकामा स्वागत होर्डिङ्ग बोर्ड, लोकसेवा आयोगका निशुल्क तयारी कक्षा संचालन, सह-सचिव, उप-सचिव र अधिकृतको लागि उपयोगी पुस्तक वृतिको प्रकाशन, विभिन्न अन्तरक्रिया लगायत जिल्लामा कार्यरत कर्मचारीलाई पर्ने पीर मर्कामा साथ र सहयोगको लागि सधै अगाडि रहने सिबिए, अर्घाखाँची देशकै नमुना संगठन हो ।

स्वागत हुनु हुनेमा जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत शिव नेपाली, करदाता सेवा कार्यालयका कर अधिकृत महेन्द्र पुरी, सालझण्डी सन्धिखर्क ढोरपाटन  सडक योजनाका सब-ईन्जिनियर प्रकाश यादव, सिंचाई विकास डिभिजन कार्यालयका सब-ईन्जिनियर ओमप्रकाश यादव, डिभिजन वन कार्यालयका सहायक पाँचौ राधा न्यौपाने, सडक पूर्वाधार विकास कार्यालयका सहायक पाँचौ महेन्द्र भुसाल, कारागार कार्यालयका सलेपा नविन कुमार भण्डारी र मालपोत कार्यालयकी खरिदार प्रतिक्षा खनाल रहेका थिए भने विदाई हुनेमा मालपोत कार्यालय अर्घाखाँचीबाट कपिलवस्तु मालपोतमा सरुवा भएका प्रमुख टीकाराम पौडेल थिए ।  स्वागत तथा विदाई हुनेहरुलाई कार्यक्रमका अध्यक्ष लगायत विभिन्न ट्रेड युनियनका अध्यक्ष तथा प्रतिनिधीहरुले अबिर र खादा लगाएर स्वागत तथा विदाई गरेका थिए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश प्रसाद भण्डारी, राष्ट्रिय कर्मचारी संगठन (निजामती) का जिल्ला अध्यक्ष यादव प्रसाद सापकोटा, नेपाल निजामती कर्मचारी युनियनका सचिव अर्जुन प्रसाद रेग्मी र करार तथा ज्यालादारीका लुम्बिनी प्रदेश उपाध्यक्ष सुदीप जिसी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिव नेपालीले सिबिएले यसरी स्वागत तथा विदाई कार्यक्रम गरी कर्मचारी बीच परिचय गराउँदा आफुमा काम गर्ने उत्प्रेरणका साथै साथ र सहयोगको अपेक्षा व्यक्त गरेका थिए । भने विदाई भएर जाने मालपोत अधिकृत टीकाराम पौडेलले यस जिल्लामा रहँदा बस्दा कर्मचारीबाट भएको साथ र सहयोगको प्रसंशा गर्दै सिबिएले वास्तवमा कर्मचारीलाई परेको समस्यामा समधानको लागि पर्ने उदाहरण आफुले देखेको हुँदा सबैले सिबिएलाई सहयोग र सबैलाई सिबिएले सहयोगको अपेक्षा समेत गरेका थिए ।

कार्यक्रम जिल्ला अध्यक्ष कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत मन्तव्य र सह सचिव नारायण प्रसाद दामासेको संचालनमा सिबिएको कार्यालयमा सम्पन्न भएको थियो ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?