अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले आफ्नै पहलमा जिल्ला अस्पताल अर्घाखाँचीलाई बजेट बिनियोजन गर्न सपफल भएकाे बताएका छन् ।
जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिल्ला अस्पताल अर्घाखाँचीलाई सुविधा सम्पन्न बनाउन आफूले स्वास्थ्य मन्त्रीलाई पटक पटक आग्रह गर्दा ६ करोड बजेट छुटाउन सफल भएको भएको बताएका हुन् ।
उनले जिल्ला अस्पताल ५० शैयाको बनाउन प्रदेश सरकारबाट स्वीकृत भएपनि सेवा सुविधा र जनशक्ति १५ शैयाको मात्र भएकाले दरबन्दी अनुसारका स्वास्थ्यकर्मी जिल्लामा ल्याउन आफूले पहल गर्ने बताए ।
सांसद घिमिरेले अर्घाखाँची बासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न औषधी ब्यवस्थापन, औजार तथा उपकरण उपलब्ध गराउन तीनै तहको सरकारले जोड दिने बताए ।













