प्रिमियर लिगमा सिटीको अपराजित यात्रा कायमै, युनाइटेडले बर्नलीलाई हरायो

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हराएको छ । लिगमा अपराजित यात्रा कायमै राखेको सिटीले ६ खेलमा १८ अङ्क जोडेको छ । सिटी अङ्कतालिकाको शीर्ष स्थानमा छ।

नटिङ्घम फरेस्टसँगको खेलमा सिटीका फिल फोडेन र एर्लिङ हालान्डले एक/एक गोल गरे । सिटी दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो । उसका रोड्रीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० गोलले हराएको छ । उसका ब्रुनो फर्नान्डेजले खेलको ४५औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै युनाइटेड ६ खेलमा ९ अङ्ककासाथ तालिकाको आठौँ स्थानमा उक्लिएको छ । अर्को खेलमा एभर्टनले ब्रेन्टफोर्डलाई ३–१ गोलले हराएको छ । त्यस्तै, लुटन टाउन र वुल्भ्सले एक/एक गोलको तथा क्रिष्टल प्यालेस र फुलह्यामले गोलरहित बराबरी खेलेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?