प्रिमियर लिगमा सिटीको अपराजित यात्रा कायमै, युनाइटेडले बर्नलीलाई हरायो

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हराएको छ । लिगमा अपराजित यात्रा कायमै राखेको सिटीले ६ खेलमा १८ अङ्क जोडेको छ । सिटी अङ्कतालिकाको शीर्ष स्थानमा छ।

नटिङ्घम फरेस्टसँगको खेलमा सिटीका फिल फोडेन र एर्लिङ हालान्डले एक/एक गोल गरे । सिटी दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो । उसका रोड्रीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० गोलले हराएको छ । उसका ब्रुनो फर्नान्डेजले खेलको ४५औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै युनाइटेड ६ खेलमा ९ अङ्ककासाथ तालिकाको आठौँ स्थानमा उक्लिएको छ । अर्को खेलमा एभर्टनले ब्रेन्टफोर्डलाई ३–१ गोलले हराएको छ । त्यस्तै, लुटन टाउन र वुल्भ्सले एक/एक गोलको तथा क्रिष्टल प्यालेस र फुलह्यामले गोलरहित बराबरी खेलेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?