अभिनेता अनमोल केसि पक्राउ, विश्वासघातको आरोप

काठमाडौँ । प्रहरीले अभिनेता अनमोल केसीलाई आज भक्तपुरको साँगाबाट पक्राउ गरेको छ।

आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

चलचित्र ‘रावायण’मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिए पनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएकाे भनी निर्माताले दिएको जाहेरीका आधारमा  पक्राउ गरिएको उनले जानकारी दिए । केसीविरुद्ध निर्माता चन्द्रकला कटवाल थापाले जाहेरी दिएकी थिइन्।

सहमतिका लागि बोलाउँदा समेत नआएर ‘प्रहरीले सकेको गरोस्’ भन्ने प्रतिक्रिया दिएपछि केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ।

प्राप्त विवरणमा केसीसहित चलचित्रका अन्य कलाकारसमेतले गरेर निर्माताहरूबाट एक करोड १५ लाख लिएको पाइएको छ। उनीहरूका विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?