इजरायल आक्रमणमा ज्यान गुमाएकाको परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख दिने

धनगढी । इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार विज्ञप्ति जारी गर्दै इजरायल आक्रमणमा दिवंगत भएका सुदूरपश्चिमका विद्यार्थीको परिवारलाई राहत स्वरूप २ लाख रूपैयाँ उपलब्ध गराउने जानकारी दिएका छन् ।

शाहले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेका छन् । उनले आक्रमणको निन्दा गर्दै शव ल्याउन र घाइतेको उपचार एवम् उद्धारमा जोड दिन संघीय सरकारलाई आग्रह समेत गरेका छन् ।

यसअघि केन्द्र सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने र उद्धारका लागि चार्टर्ड हवाई जहाज पठाउने निर्णय गरेको थियो ।

इजरायलले उडान अनुमति दिनेबित्तिकै उद्धारका लागि हवाई जहाज पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?