चीनको जिरोङमा पहिरोले ७ जनाको ज्यान गयो, ५५४ जनाको अवस्था थाहा हुन सकेन

समाचार सारांश
Auto Generated by AI
  • चीनको केरुङ नाकामा गएको पहिरोमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ।
  • घटनास्थलबाट ५५४ जना बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
  • नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका केरुङमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ।

चीनको तिब्बत स्वायत्त क्षेत्रतर्फ नेपाल–चीन सीमावर्ती केरुङ (जिरोङ) नाकामा गएको पहिरोमा परी कम्तीमा ७ जनाको ज्यान गएको छ । पहिरोपछि ५५४ जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरूको खोजीका लागि उद्धार अभियान कार्य भइरहेको छ ।

आज बिहानदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार टोलीसहितका उद्धारकर्मी विपदग्रस्त मुख्य क्षेत्रमा खटिएका छन् । नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाकामध्येको एक केरुङमा गएको यो प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बुधबार बिहान नेपालतर्फबाट शुरु भएको पहिरोले केरुङ पोर्टमा ठूलो क्षति पुऱ्याएको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?