छोटो समयमै हिट भयो योगराजको ‘नाम नि कमाउनी, दाम नि कमाउनी’

समाचार सारांश
Auto Generated by AI
  • गायक योगराज पोखरेल र समीक्षा अधिकारीको तीज गीत नाम नि कमाउनी दाम नि कमाउनी निकै लोकप्रिय भएको छ।
  • सार्वजनिक भएको छोटो समयमै युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएर यस गीतले ठूलो सफलता पाएको छ।
  • परम्परागत शैली र आधुनिक संगीतको सम्मिश्रण रहेकाले यो गीत युवादेखि पारिवारिक दर्शकले निकै रुचाएका छन्।

नेपाली तीज गीतसङ्गीतको बजारमा गायक योगराज पोखरेलको नयाँ प्रस्तुति ‘नाम नि कमाउनी, दाम नि कमाउनी’ ले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ। सार्वजनिक भएको छाेटाे समयमै १० लाखभन्दा बढी पटक हेरिएपछि यस गीतले युट्युबमा लोकप्रियताको नयाँ उचाइ छोएको छ।

चर्चित गायिका समीक्षा अधिकारी र गायक योगराज पोखरेलको सशक्त स्वर रहेको यस गीतका शब्द बिक्रमबाबु विश्वकर्माले सिर्जना गरेका हुन् भने सङ्गीत असिमचन्द्र विश्वकर्माको रहेको छ। सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङ HBN किस्मतले गरेका छन्।

गीतको भिडियोतर्फ सुरेश कोहली र जुना विश्वकर्माको आकर्षक अभिनय देख्न सकिन्छ। जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफी, राजेश घिमिरेको छायाङ्कन, असिमचन्द्र विश्वकर्माको सम्पादन र मिलन विश्वकर्माको कलरिङले भिडियोलाई कलात्मक र उत्कृष्ट बनाएको छ।

परम्परागत तीजको मौलिक स्वादलाई आधुनिक प्रस्तुतिसँग जोडेर तयार पारिएकाले यस गीतले युवापुस्तादेखि पारिवारिक दर्शकसम्मको मन जित्न सफल भएको छ। गीतका उत्कृष्ट शब्द, सङ्गीत र भिडियो निर्माणको स्तरका कारण सामाजिक सञ्जालमा समेत यसको व्यापक चर्चा भइरहेको छ।

छोटो समयमै १ मिलियनभन्दा बढी दर्शकको माया पाउनु नेपाली तीज गीतका लागि ठूलो उपलब्धि मानिएको छ। यस सफलताले गायक पोखरेलको सांगीतिक यात्रामा अर्को महत्त्वपूर्ण इँटा थपेको छ। गीत ‘योगराज पोखरेल अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियाे हेर्नुहाेस्:

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?