एमालेको मधेश प्रदेश अधिवेशनको तयारी पूरा, २२ होटल बुक

जनकपुरधाम । बुधबारदेखि धनुषाको जनकपुरधाममा हुने नेकपा एमालेकाे प्रथम मधेश प्रदेश अधिवेशनको तयारी पूरा भएको छ ।

प्रेस चौतारी धनुषाले आज बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष रामअवतार यादवले अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा अधिवेशन उद्घाटनका लागि मञ्च र पण्डाल बनाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने र नेताहरूले सम्बोधन गर्ने उनले बताए ।  ७ हजार नेता कार्यकर्ता अट्ने क्षमताको पण्डाल बनाइएको छ ।

अधिवेशनका लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।

उनका अनुसार व्यवस्थित रूपमा अधिवेशन सम्पन्न गर्नका लागि १०५ जना स्वयंसेवक परिचालन गरिने छ । प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।

अधिवेशनमा ४० लाख रुपैयाँभन्दा बढी खर्च हुने एमालेको अनुमान छ, जसका लागि  प्रतिनिधिहरूबाट दुई हजार रूपैयाँ रकम संकलन गरिने छ । यसैगरी प्रदेशसभा सदस्यहरुबाट १० हजार, पालिका प्रमुखबाट २५ हजार र पालिका उपप्रमुखहरुबाट १० हजार रूपैयाँका दरले आर्थिक सहयोग संकलन गरिएको प्रदेश अध्यक्ष यादवले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?