नेपालगञ्जमा कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा हट्यो

काठमाडौं । नेपालगञ्जमा लगाइएको कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्‍यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘…जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्‍य रहेको हुँदा मिति २०८०/६/२३ गते बिहान ४ बजेदेखि पूर्ण रुपमा कर्फ्‍यु र निषेधाज्ञा हटाइएको छ ।’

साथै कुनै अमुक व्‍यक्तिले गरेको क्रियाकलापलाई लिएर सम्पूर्ण समुदायलाई नै आक्षेप लगाउने, सर्वसाधारणलाई भड्काउने वा धार्मिक, सामाजिक सद्‍भावमा खलल पुर्‍याउने कुनै पनि काम नगर्न सबैमा प्रशासनले अपिल गरेको छ ।

सामाजिक सन्जालमा लेखेको विषयलाई हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । पछि कर्फ्यु खुकुलो पारिएको थियो ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति  :

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?