पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हरायो

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबारको खेलमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको छ।

टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रन बनायो। तीन सय ४५ रनको विजय लक्ष्य पाकिस्तानले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

पाकिस्तानका लागि अब्दुल्लाह शफिकले एक सय १३, मोहम्मद रिजवानले अविजित एक सय ३१, इफ्तीखार अहमदले अविजित २२, शाउद सकलिले ३१ तथा इमाम उल हकले १२ रन बनाए।

बलिङतर्फ श्रीलङ्काका लागि दिलशन मदुसन्काले दुई विकेट लिए।

यसअघि श्रीलङ्काका लागि ब्याटिङ गर्ने क्रममा कुशल मेन्डिस र सदिरा समराविक्रमाले शतकीय पारी खेले। मेन्डिसले सर्वाधिक एक सय २२ रनको योगदान दिए। उनले ७७ बल खेल्ने क्रममा १४ चौका र ६ छक्का प्रहार गरे।

त्यस्तै समराविक्रमाले एक सय आठ रन बनाए। उनले ७९ बल खेल्दै ११ चौका र २ छक्का हाने । यस्तै पठुम निसान्काले ६१ बलमा ५१ रन जोडे। उनले यस क्रममा सात चौका र एक छक्का हाने। धनञ्जय डी सिल्भाले ३४ बलमा चार चौकासहित २५, कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए।

बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले एक एक विकट लिए। जारी विश्वकपमा श्रीलङ्काको लगातार दोस्रो हार हो भने पाकिस्तानकाले दोस्रो जित।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?