फिफा विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दै

काठमाडौं । फिफा विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दैछ।

एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले घरेलु मैदानमा लाओससँग खेल्न लागेको हो।  खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ। विश्वकप छनोटका लागि लाओसको टिम सोमबार नै नेपाल आइसकेको छ।

आठ वर्षपछि घरेलु मैदानमा विश्वकप छनोट खेल्न लागेको हो।  दशरथ रंगशालामा नेपालले पछिल्लो पटक सन् २०१५ मा भारतविरुद्ध विश्वकप छनोट खेलेको थियो। २०२२ को विश्वकप छनोट दोस्रो चरणअन्तर्गत घरेलु मैदानका खेल कोभिड-१९ कारण न्युट्रल भेन्युमा भए। परिचित प्रतिद्वन्द्वी लाओसविरुद्धको खेलका लागि विदेशमा खेलिरहेका रोहित चन्द, किरण चेम्जोङ र मनीष डाँगी पनि नेपाल आपुगेका छन्।

छनोटको तयारी स्वरुप नेपालले म्यान्मारसँग उसकै मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा अन्जन विष्ट पेनाल्टीमा चुक्दा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा म्यान्मारसँग एक(शून्य गोलको हार बेहोर्यो।

लाओसविरुद्धको अवे खेल अर्को साता उसकै मैदानमा हुनेछ। लाओसमाथि जित हात पारे नेपाल समूह एचमा पुग्नेछ। सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा पहिलोपटक ४८ राष्ट्र सहभागी हुने छन्। एसियाबाट आठ देश छानिने छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?