एमाले सुदूरपश्चिम अधिवेशन : उपसचिवमा कुरा नमिल्दा अझै जुटेन सहमति

धनगढी । सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरूबीच उपसचिव पदमा सहमति नजुट्दा निर्वाचन प्रक्रिया थप लम्बिएको छ ।

उपाध्यक्षमा मनोनयन दर्ता गरेका ५ जना नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाएर कालीबहादुर शाही सर्वसम्मत चुनिदा उपसचिवमा सहमति भएको छैन ।

अध्यक्षका उम्मेदवार भरत साउद पक्षले उपसचिवमा नरबहादुर बिकको नाममा सहमति गरेर अध्यक्ष र सचिव पदको उम्मेदवारी फिर्ता लिने सर्त अघि सारेका छन् ।

अध्यक्षका उम्मेदवार साउद नेता भीम रावल निकट मानिन्छन् । यो समूहको नेतृत्व गरिरहेका नेता झपट रावलले उपसचिवमा बिकको नाममा सहमति भए मात्र अध्यक्ष र सचिव पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने अनलाइनखबरलाई बताए ।

‘उहाँहरूले मनोनयन दर्ता नगराएकाहरूलाई उपसचिव बनाउन खोज्नुभएको थियो तर हामीले त्यो विधिसम्मत हुँदैन भनेपछि रोकिनुभयो,’ रावलले भने, मनोनयन गराएकाहरूकै नाममा सहमति खोजौं भन्ने हो । उपसचिवमा नरबहादुर बिकलाई ल्याउदा अध्यक्ष पदमा पनि कुरा मिल्छ तर उहाँहरू तयार देखिनुभएको छैन । हेरौं ।’

रावलले बिकलाई उपसचिव बनाए मात्र अध्यक्षका उम्मेदवार साउद र सचिवका उम्मेदवार रतनबहादुर रेग्मीको उम्मेदवारी फिर्ता हुने बताए ।

संस्थापन पक्षका अशोककुमार चन्दलाई उम्मेदवारी फिर्ता गर्न लगाएर बिकलाई उपसचिव बनाउन नेताहरू तयार छन् तर दुवै  उपसचिव (महिला)मा सहमति नबन्दा समस्या भएको नेताहरू बताउँछन् ।

कन्दकला राना र भागरथी विष्टमध्ये उपसचिव कसलाई बनाउने भन्ने सहमति नहुँदा समस्या भएको एक नेताले बताए । तर, सहमति खोज्ने प्रयास जारी राखिएको छ ।

नेताहरूकै आग्रहमा निर्वाचन समितिले भने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छैन । प्रमुख निर्वाचन अधिकृत पदम पालले भने अब आफूहरूले प्रक्रिया अघि बढ्ने बताए ।

२१ गतेदेखि सुरू भएको एमालेको प्रदेश अधिवेशन केन्द्रीय निर्देशनअनुसार नेताहरू सहमति खोज्न थालेपछि पाँच दिनसम्म लम्बिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?