विराटनगर । कोशी प्रदेशमा गठबन्धनका २ सांसदहरुले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेशसभा सदस्य केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी गरेका छन्।
कार्कीले नेकपा एमालेका ३९ र उनकै दलको ८ जनाको सांसदको समर्थन लिएर मुख्यमन्त्री दाबी पेस गरेका छन भने आङ्बोले सत्तारुढ गठबन्धन दलका ४७ प्रदेशसभा सदस्यहरूको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन्।
प्रदेश प्रमुखले २६ असोजसम्म १६८ (५) अनुसार कोशीमा सरकार बनाउन समायावधि दिएका छन् । उक्त व्यवस्था अनुसार संसदको कुनै पनि एक सदस्यले आफूले बहुमत पुगेको सिद्ध गर्नुपर्दछ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ ।













