देउराली यातायातद्वारा १५८ व्यवसायीहरुलाई ८२ लाख ९५ हजार बोनस वितरण

अर्घाखाँची । देउराली यातायात अर्घाखाँची प्रालिले बडादसैंको अवसरमा सवारी धनिहरुलाई बोनस वितरण गरेको छ ।

बढ्दो पेट्रोलियम पदार्थको मुल्य, आर्थिक मंदी लगायतका कारण व्यवसायीहरु मारमा परेको भन्दै बडादसैंको अवसरमा बोनस वितरण गरिएको हो ।

१५८ जना यातायात धनिहरुलाई ५२ हजार ५ सयका दरले बोनस वितरण गरिएको प्रालीका अध्यक्ष गोविन्द बञ्जाडेले जानकारी दिए । साथै कर्मचारीहरुलाई देउराली बहुउद्देश्यीय सहकारी संस्थामा शेयर सदस्य आबद्धता बापत १० हजारका दरले बोनस शेयर समेत उपलब्ध गराइएको अध्यक्ष बन्जाडेले बताए । ‘हामी यातायातका क्षेत्रमा अहिले संकटको अवस्थाबाट गुज्रिएका छौं,उनले भने,‘विविध कारणले सवारीधनिहरु मारमा परेका छन्, त्यसैले राहत स्वरुप बोनस वितरण गरेका हौ‌ ।’

कुल १५८ व्यवसायीहरुलाई ८२ लाख ९५ हजार बोनस वितरण गरिएको तथा १५ लाख ८० हजार बराबरको देउराली बहुउद्देश्यीय सहकारी संस्थामा बोनस शेयर राखिएको संस्थाका महासचिव प्रेम पाण्डेले जानकारी दिए । दसैंमा आफ्ना व्यवसायीहरुलाई कुनै किसिमको दुख नहोस् भन्ने हेतुले बोनस वितरण गरिएको उनले बताए ।

देउराली यातायात अर्घाखाँची प्रालिले यस अँघीं कोरोना महामारीका बेला दुई पटक आफ्ना यातायात व्यवसायीहरुलाई राहत स्वरुप नगद रकम वितरण गरेको थियो । यस्तै कोरोना महामारीकै बेला अर्घाखाँचीका सबै स्थानिय तहहरुलाई संक्रमण रोकथामका लागी आर्थिक सहयोग गरेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
लक्ष्मण घिमिरे
लेखकको बारेमा

लक्ष्मण घिमिरे

बिगत लामाे समय देखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका घिमिरे समाचारपाेष्ट डटकमका बरिष्ट संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?