भुवन कार्कीको अध्यक्षतामा पर्यटन पत्रकार संघ पुनर्गठन

बुटवल । नेपाल पर्यटन पत्रकार महासंघमा आबद्ध पत्रकारहरूले संस्थाको नाम परिवर्तन गर्दै कार्यसमिति पुनर्गठन समेत गरेका छन् । 

संस्थाको नाम लुम्बिनी पर्यटन पत्रकार संघ बनाइएको छ । शुक्रबार पाल्पाको बसन्तपुरमा आयोजना गरिएको विषेश भेलाले उक्त निर्णय गरेको हो । भेलाले पुनः भुवन कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बेनिमाधव बस्याल, महिला उपाध्यक्षमा विष्णु खनाल, महासचिवमा कपिल ज्ञवाली, सचिव भुवन रायमाझी, महिला सचिव यमकला भुसाल र कोषाध्यक्ष प्रेम सुनार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बबिता बिष्ट, रजनी योगी, लक्ष्मी तिमिल्सिना, दिनेशकुमार श्रेष्ठ, भुवन जिसी, हरि घिमिरे, विष्णु डिसी तथा अभिषेक राव रहेका छन् । 

संघको पहिलो बैठकले सचिवालय समेत गठन गर्ने निर्णय भएको महासचिव कपिल ज्ञवालीले जानकारी दिए । संस्थाको नाम परिवर्तन भएपछि अब स्वतन्त्र रुपमा लुम्बिनी पर्यटन पत्रकार संघ दर्ता हुने उनले बताए । नाम परिवर्तनसँगै केन्द्रमा रहेको नेपाल पर्यटन पत्रकार महासंघसंग संस्था अलग भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?