रूपन्देही उद्योग संघको सह कोषाध्यक्षमा विशाल बेलबासेकाे उम्मेद्वारी, को हुन त बेलबासे ?

बुटवल । रूपन्देही उद्योग संघको भोलि असोज २९ गते हुने निर्वाचनमा विशाल बेलबासेले सह कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । 

उम्मेद्वारी दर्ता पछि उनले आफ्नो निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिदै उद्योगीहरूका बिचमा पुगेका छन् । विगत लामो समय देखी रूपन्देही उद्योग संघको कार्यसमिति सदस्य रहेर काम गर्दै आएका उनले यस पटक सह कोषाध्यक्षमा पदमा उम्मेद्वारी दिएका हुन । 

बिक्रम सम्वत् २०७० सालमा संघको सदस्यता लिएका उनले उद्योग संघको सदस्यता लिएको छोटो अवधिमै संघको वस्तुगत समितिको संयोजकको जिम्मेवारी पाएका थिए । उनले बिक्रम सम्वत् २०७२ देखी २०७६ सम्म संघको राइस तथा आयल मिल वस्तुगत समितिको संयोजकको रुपमा रहेर सफल कार्यकाल सम्पन्न गरेका छन् । 

उनले यस अघि दुई कार्यकाल रूपन्देही उद्योग संघको कार्य समिति सदस्य पदमा रहेर काम गरेको अनुभव छ । उनले सङ्घमा २०७६ साल देखी २०८० सम्म दुई कार्यकाल कार्य समित सदस्यको रुपमा जिम्मेवारी पुरा गरेका हुन । रूपन्देहीको तिलोत्तमा नगरपालिका स्थित डाइभरटोलमा बिक्रम सम्वत् २०५६ साल देखी मनकामना राइस मिल सञ्चालन गर्दै आएका उनले रूपन्देही उद्योग संघ सँगै अन्य संघ संस्थामा पनि उत्तिकै सक्रिय छन् । 

मिल व्यवसायी संघ रूपन्देहीका उपाध्यक्ष समेत रहेका बेलबासे सहज बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ उपाध्यक्ष र लायन्स तथा रोटरी क्लवहरुमा विभिन्न पदमा सक्रिय छन् । संघको सह कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका बेलबासेले आफ्नो उम्मेद्वारी संघको सदस्यमा रहेर आफूले सिकेको अनुभवहरूलाई उद्योगीको समस्या समाधानका लागी लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले संघको विभिन्न पदमा रहेर उद्योगीहरूको समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएको र सधै उद्योगीहरूको हितमा लाग्ने बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?