हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक टिट्वेन्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्ट्यो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन जोडे । ३४ बल खेलेका उनले ६ चौका प्रहार गरे। कप्तान रोहित पौडेलले नटआउट २५ र गुल्सन झाले नटआउट १४ रन जोड्दा कुशल भुर्तेल ८ र कुशल मल्ल एक रनमा आउट भए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रन बनाउँदै अलआउट भएको थियो। उसका लागि यासिम मुर्तजाले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ रन बनाउनबाहेक अरूले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

हङकङलाई सस्तैमा समेट्न करण केसीले ४ विकेट लिए। अविनाश बोहोरा रसोमपाल कामीले समान २÷२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिएका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?