मेलवर्नमा महायज्ञ : ७ कराेड सहयोग संकलन

काैरव खत्री, गुल्मी । अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्र(एएनएमसी)को आयोजनामा दशैँको अवसरमा लगाइएकाे बृहत नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ मंगलवार सम्पन्न भएकाे छ ।

“गाँउ गाँउबाट उठौ,बस्ती बस्तीबाट उठौँ मेलवर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भै जुटौँ”भन्ने मुल नारा सहित अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र(एएनएमसी) ले गत असाेज २८ गतेदेखि शुरू गरिएकाे  नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ कार्तिक ७ गते सम्पन्न भएकाे छ ।

ज्ञान महायज्ञ लगाएर  ७ कराेड  आर्थिक सहयोग संकलन  भएको  अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिए ।

साथै  ज्ञान महायज्ञ सप्ताह अवधिमा कथा बाचन, कलाकारहरूद्वारा  सांस्कृतिक भजन किर्तन, झाकी प्रस्तुत गरिएकाे केन्द्रका अध्यक्ष भट्टराईले जानकारी दिए ।

ज्ञान महायज्ञलाई सहयोग गर्ने चन्दादाता, कलाकारहरू लगायतलाई  सम्मान गरिएकाे अध्यक्ष भट्टराईले जानकारी दिए ।

अष्ट्रेलियाकाे  मेलवर्न १०० डन्कन्स लेन, डिगर्स रेस्ट स्थित आफ्नै जग्गामा सञ्चालन गरिएकाे ज्ञान महायज्ञ सप्ताह भाग २ काे प्रमुख कथा बाचन भने प्रवीण पण्डित दीनबन्धु पाेखरेलले  गरेका थिए ।

ज्ञान महायज्ञ सप्ताहलाई भव्य र सभ्य बनाउन पुर्‍याउनु हुने सम्पूर्णलाई अध्यक्ष भट्टराईले धन्यवाद दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?