नामिबियामा सिंहकाे आक्रमणबाट बच्न भागदौड गर्दा एक सयभन्दा बढी भैँसी डुबेर मरे

एजेन्सी । सिंहको आक्रमणबाट बच्न भागदौड गर्दा नामिबियामा कम्तीमा एक सयभन्दा बढी भैँसी नदीमा डुबेर मरेका छन् ।

नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रवार हिजाे दिएको जानकारीअनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैंसी डुबेर मरेका बीबीसीमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता रोमियो मुयुन्डाका अनुसार सिंहले शुक्रवार बिहानै अगाडि रहेको भैंसीको एक समूहलाई आक्रमण गरेपछि सँगै रहेका अरू बथानका भैँसीहरू भाग्ने क्रममा नदीमा डुबेका  थिए ।

घटनाबारे अनुसन्धान अघि बढाइएको र मरेका भैँसीको सही सङ्ख्या र अन्य सान्दर्भिक विवरणहरू पुष्टि गर्ने मुयुन्डाले बताए । चोबे नदीमा यसअघि पनि ठूलो सङ्ख्यामा भैँसी डुबेर मरेका हुनाले यो असामान्य घटना नभएको उनले बताए।

चोबे नदी नामिबियाको चोबे राष्ट्रिय निकुञ्जको उत्तरपूर्वी सीमामा बग्छ, जुन हात्ती, जिराफ, सेबल र अफ्रिकी भैँसीको ठूलो प्रजनन झुण्डको लागि चिनिन्छ ।  अफ्रिकी जङ्गली भैँसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जङ्गली जनावरका कारण याे निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटन गन्तव्य बनेको छ ।

 

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?