शुरु भयो कार्तिकस्नान, तुलसीको मठमा किन बालिन्छ आकाशदीप र पातालदीप

काठमाडौं । आश्विन शुक्ल पूर्णिमासँगै ‘कार्तिकस्नान’ शुरु भएको छ। सनातन हिन्दु धर्मावलम्बी चान्द्रमासको कात्तिक महिनाभर कार्तिकस्नान गरी भगवान् विष्णुको आराधना गर्छन्।

चान्द्रमानको पात्रोअनुसार आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिकस्नान गर्ने परम्परा छ।

आषाढ शुक्ल एकादशीमा तुलसी रोपी कार्तिक शुक्ल एकादशीसम्म पूजा गर्ने र त्यो दिन विवाह गर्ने चलन छ। त्यसैको अंगस्वरूप कार्तिकस्नानलाई लिइन्छ।

यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासमध्ये पनि कार्तिक महिना विशेष महत्त्वको भएको बताइन्छ।  कार्तिक महिनाभर बिहान सबेरै उठी स्नान गरेर आकाशमा तारा देखिँदै तुलसीको पूजा गर्नुपर्ने विश्वास छ।

यो महिनाभर सबै देवता तुलसीको मठ वरिपरि बस्ने विश्वास गरिन्छ। यो समयमा ‘आकाशदीप’ र ‘पातालदीप’ बालेर तुलसीको पूजा गरिन्छ। बाँसको खम्बा बनाएर कुनै वस्तुमा राखेर बालिने बत्तीलाई आकाशदीप भनिन्छ। तुलसीको मठमा बालिएको दीपलाई बोलीचालीको भाषामा ‘पातालदीप’ भनिन्छ।

सात, १४ वा २१ हातको बाँस वा कुनै काठको खम्बा गाडी दीप बाल्ने व्यवस्था गरिएको हुन्छ। यो भगवान् विष्णुको नाममा बालिन्छ। पातालदीप बिहान बेलुकी नै बालिन्छ। आकाशदीप साँझको आरतीका वेला बालिन्छ।

यो वर्ष असोज २३ गते सुरु भएको यो क्रम कात्तिक २२  गते पूरा हुनेछ। भगवान् नारायणका नाममा ​विधिपूर्वक आकाशदीप बाली गरी अन्त्यमा दीपदान गर्नाले यमयातना भोग्नु नपर्ने वैष्णव ग्रन्थहरूमा उल्लेख छ।

कार्तिकका अन्तिम पाँच दिनलाई विशेष महत्त्व दिइएको छ। एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?