सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा दाङको घोराहीमा ज्योतिष सम्मेलन हुने

दाङ।

  • नेपाल ज्योतिष परिषद्को १८ औं राष्ट्रिय सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थिति हुने भएको छ । नेपाल ज्योतिष परिषदको १८ औं राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिको लागि शर्मा यहि कार्तिक १६ गते दाङ जिल्लाको घोराहीमा आउन लागेकी हुन् ।

नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको आयोजना एवम् लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला समितिको संयोजनमा घोराही उपमहानगरपालिका १५ नम्बर वडा गोरखा टोलमा अवस्थित भिङ्ग्रेली भिलेज रिसोर्टमा नेपाल ज्योतिष परिषदको १८ औं राष्ट्रिय सम्मेलन कार्यक्रम कात्र्तिक १६ र १७ गते दुई दिन सम्म सन्चालन हुनेछ । दाङको धार्मिक,
सांस्कृतिक ,पर्यटनको विकास र विस्तारमा योगदान गर्ने उदेश्यले नेपाल ज्योतिष परिषदको आयोजनामा १८ औं ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन हुने भएको छ ।सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहित लगभग ७०० भन्दा बढी ख्याति प्राप्त सुप्रसिद्ध विशिष्ट ज्योतिषीहरुको सहभागिता रहने जनाईएको छ ।

सम्मेलनले लुम्बिनी प्रदेशको धार्मिक तथा सांस्कृतिक पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुग्ने नेपाल ज्योतिष परिषदका केन्द्रीय सचिव एबं सम्मेलनका संयोजक प्राध्यापक डा. अर्जुन प्रसाद भट्टराईले बताएका छन् । सम्मेलनमा आचरण निर्माणमा पूर्वीय दर्शनको भूमिका, खगोल र विज्ञान, कुण्डली विज्ञान अनुसार पेशा, व्यवसाय, वैदेशिक यात्रा, दाङ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु, वास्तु विषयहरुमा छलफल हुने बताइएको छ । यसै गरि नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलन सम्बन्धि विभिन्न निर्णयहरु गरेको छ । बैठकले २०८० कात्र्तिक १६ गते नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यसमितिको २५ औं वार्षिक साधारणसभा बिहान ८ बजे सुरु गर्ने र राष्ट्रिय सम्मेलन सोही दिनको १ बजे भव्यताका साथ उद्घाटन गरि दुई दिन सम्म संचालन गर्ने निर्णय गरेको नेपाल ज्योतिष पारिषद्का केन्द्रीय महासचिव कमलप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

बैठकले रजत वर्ष विशेष राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागी नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्ष र केन्द्रीय सचीव प्राडा अर्जुनप्रसाद भट्टराई सदस्य सचिव रहने गरि केन्द्रीय समितिका पदाधिकारी सदस्यहरु, सातै प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु र दाङ जिल्ला कार्यसमिति रहने गरि २५१ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । यस्तै दाङ जिल्ला समितिका अध्यक्ष उप.प्रा. कपिलदेव सुवेदीको अध्यक्षतामा लुम्बिनी प्रदेश समितिका अध्यक्षहरु सदस्य रहने गरि आर्थिक व्यवस्थापन समिति गठन गरिएको लुम्बिनी प्रदेश समितिका महासचिव ढुण्डीराज ज्ञवालीले जानकारी गराएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?