तिहारको टिका लगाउन हिँडेका गुल्मीका युवा अर्घाखाँचीमा मृत फेला

अर्घाखाँची । अर्घाखाँचीमा एक पुरुष मृत फेला परेका छन् । 

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ३ सिख्रास्थित भीरमा एक पुरुष मृत फेला परेका हुन् । मृत फेला पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. २ पिपलधारा बस्ने ३६ वर्षीय खुम बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

कात्तिक २९ गते अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ३ सिख्रास्थित आफ्नो दिदी कमला घर्तिको घरमा तिहारको टिका लगाउन भनी हिँडेका घर्ती शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । 

प्रहरीका अनुसार टिका लगाउन घरसम्म नपुगेपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?