प्रतिबन्धपछि टिकटक चले/नचलेको अनुगमन गर्न समिति गठन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको अवस्था अनुगमन गर्न समिति गठन गरेकाे छ । प्राधिकरणको शुक्रबार बसेको बैठकले विजयकुमार रायको संयोजकत्वमा चार सदस्यीय प्राविधिक समिति बनाएको हो ।

यस समितिले टिकटक बन्द भयो/भएन, पूर्ण रूपमा बन्द नभएको खण्डमा के गर्ने, कुन-कुन इन्टरनेट सेवाप्रदायक (आईएसपी)ले बन्द गरे, बाँकीले केके गरिरहेका छन् लगायतका विषयमा अध्ययन गरेर एक साताभित्र प्रतिवेदन दिने बताइएको छ ।

“नेपालका ठूला ३५ आईएसपीहरूले टिकटकलाई बन्द गरिसकेका छन् । तर १३० ओटा आईएसपीहरू भएकाले ती सबैबाट रिपोर्ट लिनुपर्छ,” टेकपानासँग कुरा गर्दै प्राधिकरणका निर्देशक एवं प्राविधिक समितिका संयोजक रायले भने, “त्यति आईएसपीले बन्द गर्दैमा सरकारको निर्णय पूर्ण हुँदैन । नत्र त बाँकीलाई किन छोड्नुभयो भन्ने प्रश्न आउँछ । त्यही भएर ती सबैबाट रिपोर्ट लिन प्राविधिक समिति गठन गरिएको हो ।”

यसअघि गत २७ कात्तिक निर्णय गर्दै मन्त्रिपरिषदले सामाजिक सद्भावलाई बिगारेको कारण दिँदै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने बताएको थियो । त्यसपछि नियामक निकाय प्राधिकरणले सबै आईएसपीहरूलाई टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।

तर अहिले सरकारको सो निर्णय कानूनसम्मत नभएको बताउँदै विभिन्न आलोचना भइरहेको छ । त्यस्तै निर्णय खारेजीको माग राख्दै शुक्रबार सर्वाेच्च अदालतमा १० ओटा रिट दर्ता भएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
TechPana
लेखकको बारेमा

TechPana

टेकपाना सूचना प्रबिधिकाे भरपर्दाे अनलाइन हाे । 

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?