बुटवल : ट्रककाे ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बुटवल । सडक दुर्घटनामा परी बुटवलमा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

सोमबार तिलोत्तमाको ड्राइभर टोलमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिकास्थित शंकरनगरका माधव देवकोटा र सोही ठाउँकी ४० वर्षीय यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पछाडिबाट आएको ना ६ ख ८१६१ नम्बरको ट्रकले लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयबासीले बताए । मृत्यु भएका दुवै जना तिलोत्तमा उद्योग वाणिज्य संघलले मणिग्राममा आयोजना गरेको महोत्सव हेर्नका लागि जाँदै थिए।
मृतक देवकोटा तिलोत्तमा सहकारीका अध्यक्ष समेत हुन्।
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?